युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

झापा । मेचीनगर नगरपालिका–१० धुलाबारीस्थित नीलकण्ठ टोलका बासिन्दाको नम्बरी जग्गा गायब भएको छ । जग्गाधनीसँग धनी पुर्जा, नक्सा सबै थोकको कानुनी प्रमाण हुँदाहुँदै पनि नापी कार्यालय झापाले जग्गा खोला (नाला) मा भएको भन्दै हाल साबिक गर्न रोक लगाएको हो ।

जग्गाधनीहरूले उक्त जग्गा लामो समयदेखि भोगचलन गर्दै आएका छन् । तर, नापी कार्यालयका कारण उनीहरू जग्गाविहीन हुन पुगेका छन् । हाल साबिक गर्न जाँदा नापी कार्यालयले ‘तपाईँहरूको जग्गा छैन, खोलामा पर्छ’ भन्दै न्यायका लागि अदालत जान भनेको पीडितहरू बताउँछन् ।

नीलकण्ठ टोलमा खोला (नाला) रहेको छ । उक्त नाला सरकारी नक्सामा ६० फुट कायम गरिएको छ । छेउमै २० फुटको बाटो निकालिएको छ । तर, उक्त सरकारी बाटो र नाला नक्साअनुसार कतैबाट मिचिएको देखिँदैन । आफूहरूले भोग चलन गरिरहेको जग्गाको धनी पुर्जा र नक्साका आधारमा जग्गा हुनुपर्ने माग गरेका छन् । उनीहरूका अनुसार त्यस ठाउँमा हाल साबिक गर्ने नाममा जग्गा अरूले नै मिचेर आफूहरूको जग्गा खोलामा पुर्‍याएको बताएका छन् ।

नीलकण्ठ टोलमा १० कट्ठा जग्गा गायब अर्थात् खोलामा पारिएको छ । स्थानीय चन्द्रकला पौडेलको १० धुर, खेमराज ओझाको १२ धुर, नगेन्द्रकुमार तामाङको १ कट्ठा ३ धुरलगायत अन्य स्थानीयको जग्गा अहिले छैन । उनीसँग केवल धनी पुर्जा र नक्सा मात्रै छ ।

धनीपूर्जा र नक्साको प्रमाण भएपछि हाल साबिक गरिदिन मेचीनगर नगरपालिका वडा नम्बर १० को कार्यालयले सिफारिस पत्र दिएको छ । त्यस्तै, मालपोत कार्यालय झापाले पनि प्रचलित कानुन तथा नक्सा नाप जाँच ऐन, २०१९ बमोजिम नाप नक्सा र हाल साबिक गरिदिन नापी कार्यालयलाई पत्र पठाएको छ । तर, नापी कार्यालयले ‘नभएको जग्गाको हाल साबिक कसरी गर्ने’ भन्दै तीन वर्षदेखि झुलाएको जग्गाधनी नगेन्द्रकुमार तामाङले बताए ।

उनले सबै कागजात हुँदाहुँदै पनि आफूहरूको जग्गा कहाँ गयो त रु भन्दै प्रश्न गरे । ‘हामीसँग धनीपूर्जा छ, नक्सा छ, तर जग्गा चाहिँ खोलामा छ भन्न मिल्छ रु’ उनले प्रश्न गरे । उनले नापी शाखाले पैसा खाएर नयाँ नक्सामा मनपरी गरेको आरोप लगाए ।

पैसा खुवाएर कसैको जग्गा बढाइदिएको त कसैको खोलामा धकेल्ने काम गरेको जग्गाधनी चन्द्रकला पौडेलले बताइन् । उक्त क्षेत्रमा नापी शाखाका अमिनहरू आएर बेला–बेला जग्गा नाप गरेको तथा नयाँ नक्सा जारी गर्दा मनपरी गरेको जग्गाधनीहरूको भनाई छ ।

अहिले उक्त टोलमा जग्गाको समस्या पेचिलो बनेको छ । भोग चलन गर्दै आएको जग्गा अरूकोमा सरेको त कसैको खोलामा परेको मात्रै छैन । धेरै लगानी गरेर बनाइएका घर तथा संरचनाहरू अरूकै जग्गामा परेपछि सार्ने वा भत्काउनु पर्ने अवस्था सिर्जना भएको छ । नापी कार्यालयका कर्मचारीले मनपरी ढङ्गबाट नक्सा तयार गरिदिँदा थप समस्या हुँदै गएको स्थानीयले बताए ।

नापी कार्यालय झापाका कार्यालय प्रमुख दुर्गादास महर्जनले पश्चिमबाट जग्गा ठेलिँदै गएकाले जग्गा खोलामा पुगेको बताए । उनले जग्गावालाले जग्गा किनेर भोग चलन गरेको भए पनि अहिले आएर त्यो जग्गालाई नम्बरी भन्न नमिल्ने बताए ।

‘साबिकमा बाटो नभएको ठाउँमा बाटो बन्यो । बाटो बनिँदै गर्दा उहाँहरूको जग्गा स्वतः ठेलिने नै भयो,’ उनले भने, ‘यो हाम्रो कमजोरी होइन, उहाँहरूले त्यो बेला ख्यालै गर्नु भएन ।’

कार्यालय प्रमुख महर्जनले कानुनी रुपमा ती जग्गाहरू उहाँहरूको भन्न नमिल्ने बताए । जग्गाको विषयमा मालपोत कार्यालयलाई पनि जानकारी गराएर रोक लगाउन भनेको उनले बताए ।

महर्जनले जग्गाधनीहरूलाई न्यायका लागि अदालत जान पनि उनले सुझाए । अदालतले जे निर्णय गर्छ, त्यसलाई मान्नुको विकल्प नरहेको उनले बताए । जग्गाका विषयमा भइरहेको विवादका कारण आफूहरूको ‘टाउको दुखाई’ बनेको महर्जनले बताए । यस्ता थुप्रै ठाउँमा विवाद रहेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९