युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं ।  विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको  छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ७ हजार ६८९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ७ हजार ६८९ को मृत्यु भएको हो।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर २९ लाख ७२ हजार ३२० जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ३३ करोड ४८ लाख ३५ हजार ९९० जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, २६७ करोड ५ लाख ९५ हजार ९८९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५५ लाख ७२ हजार ५८५ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ६२४ को ज्यान गएको छ । ३९ हजार ४४ जना सक्रिय संक्रमित रहेका छन् भने ८ लाख ६८ हजार २१५ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ८ लाख १७ हजार ५४७ जना संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९