युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |
भद्रपुर  । सशस्त्र प्रहरी बल नम्बर २ गण झापाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रदीपसिंह कार्कीले सङ्गठनको नीति र कानुन बाहिर गएर काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भर्खरै कैलालीबाट सरुवा भएर झापा आएका एसपी कार्कीले बिहीबार झापाली पत्रकारसँग गरेको संक्षिप्त परिचयमय कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
एसपी कार्कीले भारतसँग जोडिएको खुला नाकामा हुने आपराधिक क्रियाकलाप, सीमा सुरक्षा, चोरी तस्करी, लागु औषध ओसारपसारमा केन्द्रित भएर जिल्लामा काम गर्ने बताए । साथै तेस्रो लहरको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सीमामा तैनाथ सशस्त्र प्रहरीले कडाइ गर्नुका साथै जिम्मेवारी पूर्ण रुपमा पालना गर्ने उनले बताए । करिब तीन वर्ष अघि एसपी कार्की झापामा डिएसपी भएर जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९