युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

काठमाडाैँ । चीनमा कोरोना भाइरसको संक्रमण गत महिनादेखि तीब्र गतिमा फैलिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले रिपोटिङ गदै आएको छ । तर, उक्त समाचारमा तथ्य नभएको भन्दै चीन सरकारले अस्वीकार गरिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चिन्ता व्यक्त गरेको छ ।

 

चीनमा मात्र होइन पछिल्लो समय एसियासँगै अन्य देशमा पनि कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । । यसको प्रभाव एसियामा परेको छ ।  चीनसँग जापान, अमेरिका, दक्षिण कोरिया, ब्रजिल, फ्रान्स र भारतमा समेतमा अचानक कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिएको बिबिसीले डब्लूएचओलाई उद्धत गदै जनाएको छ ।

 

भारतले भने एसियाका देशमा कोरोनाको संक्रमण बढ्न थालेपनि २१ डिसेम्बर २०२२ अर्थात् बुधबारदेखि अन्य देशबाट भारत भिक्रने नागरिकहरुको विमानस्थलमै कोरोना परीक्षण सुरू गरेको छ ।  चीनमा ओमिक्रोन सबभेरियन्ट बिएफ–७ भाइरस फैलिएसँगै भारतले कोरोना परिक्षण विमानस्थलमै सुरु गरेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

भारतमा पनि यही महिनादेखि कोरोना भाइरस दैनिक बढिरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ  । भारतमा एक सातामा १२ हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो ।

 

हाल कोरोना संक्रमण फैलिएका देश चीन, जापान, अमेरिका, दक्षिण कोरिया, ब्रजिल, फ्रान्स र भारतमा धेरै नेपालीहरु बसोबास गदै आएका छन् । भने, यी देश नेपालबाट दैनिक उडान भइरहेको छ ।

 

तर, नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको आवतजावतमा कोरोना परिक्षण गर्ने तयारी समेत अहिलेसम्म गरिएको छैन । कोरोना भाइरसको संक्रमण कम भएपछि विमानस्थलबाट कोरोना परिक्षण गर्ने डेस्क स्वास्थ्य मन्त्रालयले हटाएको थियो ।

सरकारले कोरोना बढेसँग भारतसँग जोडिएका सबै नाकामा कोरोना परिक्षण गर्ने स्वास्थ्य डेस्क राखेको थियो । त्यो पनि १७ महिना यता हटाएको अध्यागमन विभागले जनाएको छ ।  नेपालबाट दैनिक २५ वटा अन्तराष्ट्रिय उडान हुँदै गरेका छन् । त्यसमा सोही संख्यामा विदेशबाट उडान भर्ने गरेको विमानस्थलले जनाएको छ ।

 

कोरोना संक्रमण भएका देशबाट भिक्रिने नागरिकका हकमा भने अनिवार्य कोरोना परिक्षण गरेको प्रमाण भएपछि मात्र उडान भर्ने पाउने व्यस्था भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

एसिया र अन्य देशमा कोरोना बढेसँग विमानस्थलमा परिक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.संजय कुुमार ठाकुरले जानकारी दिए ।  नेपाल भित्रिने यात्रुुले विगतमा जस्तै कोरोना टेष्ट गरेको प्रमाण पेस गर्नुुपर्ने र विमानस्थलमा देखाएपनि मात्र प्रवेश अनुुमति पाउने उनले बताए । सरकारले कोरोना भित्रिन नदिन सबै प्रयास गर्ने विषयमा छलफल समेत गरिरहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९