युनिकोड    राशिफल    एफएम रेडियाे                        

बिर्तामोड । झापासहित देशभरका १४ वटा जिल्लालाई रेड जोनमा राखिएको छ । ५०० जनाभन्दा बढी कोरोना संक्रमित रहेका जिल्लालाई सरकारले रेड जोनमा राखेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, मकवानपुर, बाँके, कास्की, रुपन्देही र कैलाली रहेका छन् । शून्य संक्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या ५७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार पछिल्लो २४ घन्टामा १२ हजार ३ सय ३८ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमित ५७ हजार ३ सय २८ पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९