
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका-४ बाट प्रतिवन्धित लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-१० का २३ बर्षीय सुदिप ठकुरी, २३ बर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका-४ का २७ बर्षीय पूर्णलाल लिम्वु रहेका छन् । हिजो राति ८ बजे बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ५ ग्राम प्रतिवन्धित लागूऔषध ब्राउनसुगर बरामद गरेको हो । लागूऔषधसहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।