
झापा । बिर्तामोडको पश्चिम बस स्टेनमा पेसर कुकर बम जस्तो देखिने संकास्पद वस्तु फेला परेको छ । आइतबार विहान स्थानीयले संकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको अनुरोधमा नेपाली सेनाको चारआली स्थित नयाँ श्री श्रीनाथ गणबाट बम डिस्पोजल टोलीले २ सय मिटर पर लगेर डिस्पोज गरेको छ ।
नेपाली सेनाको चारआली ब्यारेकका गणपति अमरजंग थापाका अनुसार उक्त शंकास्पद बस्तुमा बम बनाउन प्रयोग हुने सबै सामान प्रयोग भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार संकास्पद वस्तु भेटिएको ठाउँमा हिमाल सूरक्षा परिषद नेपालको पर्चा भेटिएको छ । जसमा नेपाललाइ हिन्दु राष्ट्र घोषणा गरिनु पर्ने र संघियता खारेज हुनु पर्ने माग उल्लेख गरिएको छ ।