
काठमाडौँ।सुन र चाँदीको भाउ आइतबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।
यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ पुगेको छ ।
आइतबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।