युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

झापा । झुट बोल्नु, हचुवाको भरमा अरुलाई आरोप लगाउनु, सिधासोझा र इमान्दार मानिसहरुलाई बिभिन्न फण्डा निकालेर झमेलामा पार्नुलाई नै आफ्नो परिचयको रुपमा स्थापित गरेका झापाका विबादीत मेडिकल ब्यापारी दुर्गा प्रसाईले अस्पताल बनाउने मजदुर समेत ठगेको फेला परेको छ । प्रसाईले २०६८ सालमा बि एण्ड सि अस्पताल निर्माणताका प्रयोग गरिएका मजदुरको १९ लाख रुपैया नदीएर ठगि गरेको पाईएको हो ।
सप्तरी जिल्ला अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ का निर्माण मजदुर रमेस कुमार चौधरीको १९ लाख रुपैया दुर्गा प्रसाईले खाइदिएका हुन् । आफु समाजसेवी भएको डंका पिट्ने प्रसाईले ज्याला मजदुरी गरेर छाक टार्ने निम्न बर्गका ब्यक्तिको लाखौ रकम ११ बर्षदेखी नदीएको पीडित चौधरीले बताए । प्रसाईको बिर्तामोडमा रहेको अस्पतालको भवन र धाईजनमा रहेको भवनमा इँटा जोड्ने, प्लास्टर गर्ने लगायतको काम आफैले गरेको उनको भनाई छ । प्रसाईले काम गरेवापत राम्रो ज्याला दिने प्रलोभन देखाएपछी गाउँका अन्य मजदुरलाई समेत आफैले बोलाएर अस्पताल निर्माणमा लगाएको भएपनि पसिनाको कमाई दिने बेलामा प्रसाईले बिभिन्न बाहाना बनाई ११ वर्षसम्म झुलाएको उनको भनाई छ । गाउँका मजदुरको पैसा तिर्न नसकेपछी चौधरीले गाउँ नै छाड्नुपरेको गुनासो गरे । उनले आफु काठमाण्डौमा लुकेर बसेको र त्यतैबाट कुबेत गएको बताए । चौधरीले ३६ महिना कुवेतमा बसेर कमाएको रकमले प्रसाईको अस्पतालमा खटाएका मजदुरको पैसा तिरेर आफु गाउँ पर्किएको बताए । त्यतीबेलै केही समयपछी चौधरीको रकम तिर्ने भन्दै प्रसाईले तमसुक गरिदिएको भएपनि आफुले रकम नपाएको उनको गुनासो छ । कुवेतबाट फर्किएर गाउँका मजदुरको सबै रकम तिरेको थाहा पाएपछी कहिले एकलाख र ५० हजार रुपँया गर्दै इन्दिरा गिरीले ४ लाख ५० हजार रुपँया भने दिएको चौधरीले बताए । उनले ११ बर्षमा त्यो पनि अलिअलि गर्दै दिएको पैसाले आफ्नो काम नचल्ने उनको भनाई छ ।
यता , प्रसाईको गैह््रकानुनी हर्कतबारे समाचार सार्वजनिक हुन थालेपछी प्रसाईले आफुलाई टेलिफोन गरेको चौधरीले जानकारी दिए । लेनदेनबारे पत्रकारसँग कुरा गरेको भन्दै चौधरीलाई प्रसाईले र्याखर्याखी पारेको बुझिएको छ ।

प्रसाईले भने आफु ठूलो ब्यपारी भएकाले थुप्रै मानिससँग आफ्नो लेनदेन बाँकी रहेको प्रतिकृया यसअघि नै दिइसकेका छन् । तर, सामान्य मजदुरी गरेर जिवन चलाउने एउटा मजदुरको पसिनाको मोल ११ वर्षसम्म नतिर्ने ठूला ब्यापारी भनिएका प्रसाईको यो कस्तो किसिमको लेनदेन हो बुझ्न नसकिने भएको मजदुरहरु बताउँछन् । यतिमात्रै होइन अस्पताल निर्माणका समयमा प्रयोग गरीएका बिद्धुतिय सामग्री लगायतको पैसाप्रसाईले नतिरेको र उनको धेरैजनासँगको ब्यवहार बिग्रीएको प्रसाई निकटहरुले बताउँने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९