युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं । नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ ।

केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको हाे ।

अघिल्लो जनगणनाको तुलनामा यसपटक नेपालको जनसंख्या २७ लाखले बढेको छ । यसपटकको जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ । अघिल्लो जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो ।

जनसंख्या घट्नुमा नेपालमा जनसंख्या नियन्त्रणका लागि ३० वर्षदेखि चालिएको प्रयासले सार्थकता पाएको विज्ञहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९