युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

काठमाडौँ।     नेपाल टी–२० लिगको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले पराजित गर्दै विराटनगर सुपर किङ्ग्स फाइनलमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार टस जितेर ब्याटिङ थालेको विराटगरले चार विकेटको क्षतिमा एक सय ६७ रनको योगफल तयार गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर एक सय २८ रन मात्रै बनाउन सक्यो ।

जनकपुरको टिम नआइपुग्दा समयमा टस हुन सकेको थिएन । दिउँसो १२ः०० बजे सुरु हुने तय भएको खेल करिब आधा घण्टा ढिलो सुरु भएको थियो ।

समूह चरणबाट दोस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्ससँग पराजित भएको थियो ।
विराटनगर इलिमिनेटरमा काठमाडौं नाइट्सलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा आइपुगेको हो । फार वेस्टर्न युनाइटेड र पोखरा समूह चरणबाटै बाहिरिइसकेका छन् । फाइनलमा पुगेको विराटनगरले बुधबार उपाधिका लागि लुम्बिनीसँग खेल्ने छ

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९