युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं – आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा आज मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी भिड्दैछन्। पोखरा रंगशालामा दिउँसो साढे २ बजे हुने खेलमा फाइनल प्रवेशका लागि मनाङ र आर्मी भिड्न लागेका हुन्। मनाङले नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलको टिकट काटेको हो भने आर्मीले थ्रीस्टारलाई १–० गोलले हराएको थियो।

हिजो भएको पहिलो सेमिफाइनल खेलमा मछिन्द्र क्लबलाई पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाइसकेको छ। उसले ए डिभिजन लिगको लिडर मछिन्द्रलाई ३–१ गोलले पराजित गरेको हो।

यसैबीच सेमिफाइनलको दोस्रो खेलमा आयोजकले दर्शकहरुलाई प्रवेशको अनुमति दिएको छ। साहरा क्लबका अनुसार प्रवेशका लागि खोप कार्ड अनिवार्य हुनुपर्नेछ। त्यस्तै मास्क लगायत स्वास्थ्यका मापदण्ड पालना गरेको हुनुपर्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९