युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् सदस्यले गणतन्त्र र संघीयताविरुद्ध अभिव्यक्ति दिन नपाइने बताएका छन् । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्मा रहेर संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अभिव्यक्ति दिन नैतिकताको आधारमा पनि नपाइने बताएका हुन् ।

‘मेरो क्याबिनेटको एकजना मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भन्नुभयो भनेर यहाँ सुनाउने भयो माननीय सदस्यले,’ बैठकमा प्रधानमन्त्रीले भने, ‘मेरो ध्यानाकर्षण भएको छ । मन्त्रिमण्डल बाहिर गएर आफ्नो कुरा राख्ने अधिकार सबै राजनीतिक दललाई हुन्छ । तर, मन्त्रिमण्डलभित्र बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने वा प्रचार गर्ने अधिकार नैतिकरूपले र कानुनी रूपले पनि हुन सक्दैन ।’

संघीयता खारेजीसम्बन्धी अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टीकरण सोधिने प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता जनाएका छन् ।

37Shares
facebook sharing button 37
email sharing button
sharethis sharing button

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९