युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं । ‘मुन्द्रेको कमेडी शो’ नयाँ ढंगले शुरु गर्ने तयारीमा रहेका हास्य कलाकार जितु नेपालले चलचित्रको काम अघि बढाएका छन् । जितु र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र ‘ह्यारी कि प्यारी’को छायांकन शुरु भएको छ ।

जितुले यो चलचित्रको छायांकन शुरु गर्दैगर्दा दीपकराज गिरी र दीपाश्री निरौलासँगको व्यावसायिक सहकार्य भने टुटेको छ । दीपक-दीपा र केदार घिमिरेसँग निरन्तर ६ वटा चलचित्रमा सहकार्य गरेका जितुका लागि ‘ह्यारी कि प्यारी’ नयाँ अनुभव हुनसक्छ ।

दीपक र उनको टिमसँग रहँदा जितुले बाहिरको एउटा मात्र चलचित्र ‘रामकहानी’मा काम गरे । पूजा शर्मा र आकाश श्रेष्ठको पनि मुख्य भूमिका रहेको उक्त चलचित्रबाट जितुलाई खासै फाइदा पनि मिलेन ।

बरु उनलाई ‘छक्का पञ्जा, छ माया छपक्कै’ जस्ता चलचित्रले नै दर्शकमाझ लोकप्रिय बनाए । ‘जिरे खुर्सानी’पछि सानो पर्दामा ‘मुन्द्रेको कमेडी क्लब’बाट फर्किएका जितुका लागि दर्शकको घर-घरमा पुग्ने अवसर समेत मिलेको थियो ।

जितुका लागि अब आफैं चल्नुपर्ने चुनौती छ । किनकि, उनको जोडी बनेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि आफ्नो खस्किएको स्टारडम फर्काउन संघर्ष गरिरहेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९