युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

झापा । बिर्तामोड मुक्ति चौकमा मंगलवार आफ्नै शरिरमा पेट्रोल खन्याएर आत्मादाह गर्न खोज्ने झापा बिर्तामोड नगरपालिका ७ का ३४ बर्षिय बिजय चौधरीले बिवादीत मेडिकल ब्यापारी दुर्गा प्रसाईको ट्याटु खोपेको पाइएको छ । चौधरी प्रसाईका भित्रिया मानिन्छन् । उनै प्रसाईकै खर्चमा चौधरीले शरिरमा प्रसाईको ट्याटु खोपेको बताइएको छ ।
मंगलवार शरिरमा पेट्रोल खनाएर आत्मदह गर्न खोज्ने चौधरीलाई बाटो हिडनेले बचाएका थिए । उनलाई स्थानीयले अटोमा राखेर नजिक्कै रहेको विएण्डसी अस्पतालमा उपचारमा लगेका थिए । त्यहाँ उपचारका क्रममा उनको दाँया पाखुरीमा दुर्गा प्रसाईको ट्याटु खोपेको पाइएको हो । चौधरीको पछाडिको भाग ढाँड २० प्रतिशत जलेको छ । चौधरीले आफ्ना दाजु पनि दुर्घटनामा परेर अपाङ्ग भएको तथा आफुले बैँकको साँबा ब्याज तिर्न नसकेको  र पारिवारिक समस्याका कारण आत्मदह गर्न चाहेको बताएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुरज कार्कीले बताउँनुभयो । चौधरीका दाजु केही बर्ष अघि दुर्घटनामा परेर मेरुदण्ड भाचिएको र उनको उपचार निशुल्क रुपमा प्रसाईले आफ्नै अस्पतालमा गरिदिदै आएको बुझिएको छ । त्यही गुन तिर्न चौधरीले प्रसाईका लागि अस्पतालले पालेको भिजिलान्तेको रुपमा काम गर्दै आएका छन् । त्यसवापत प्रसाईबाट अनौपचारीक रुपमा मासिक छुट्टै रकम समेत चौधरीले प्राप्त गर्ने गरेको चौधरीकै साथिहरुले जानकारी दिएका छन् ।
चौधरी मेडिकल व्यावसायी दुर्गा प्रसाईका ठूलो फ्यान रहेको पाइएको छ । उनी केहि महिना अगाडि सम्म प्रसाईको सवारी चालकका रुपमा काम गर्ने गरेको पाइएको छ । हाल भने उनी वेरोजगारै देखिएको प्रहरीको भनाई छ । दुर्गा प्रसाईले यसै सातामात्रै नेपालको पुर्वी क्षेत्र काकडभिट्टाबाट पुर्व राजपरिवारलाई समेत राखेर बैँक तथा बित्तिय संस्था र संघियता विरुद्ध भन्दै अभियानको सुरुवात गरेका थिए । उनी हाल अभियानकै दौरानमा पश्चिमतीर रहेका छन ।
प्रसाईले बैँक तथा वित्तिय संस्था बिरुद्ध देशभर आन्दोलनको घोषणा गर्नु र उनकै फ्यानले बिर्तामोडमा आत्मदहको प्रयास गनुले प्रसाईकै उक्साहटमा चौधरीले यस काम गरेको हुनसक्ने स्थानीयको अनुमान रहेको छ । यतिमात्रै होइन चौधरीले प्रसाईका पक्षमा सामाजिक संजालमा बिभिन्न पोष्ट समेत गर्दै आएका थिए । उनले प्रसाईको बिरोध गर्नेमाथि अभद्र टिप्पणी गर्नेदेखी सामाजिक संजाल मार्फत बिभिन्न ब्यक्तिको चरित्र हत्या गर्ने किसिमका पोष्ट गर्दै आएका थिए । चौधरीले सामाजिक संजाल मार्फत आफ्नो चरित्रहत्या गरेको भन्दै केही समय अघि एक महिलाले साईबर ब्यूरोमा उजुरी समेत गरेकी थिइन् । तर, प्रसाईको पावर अगाडी आफ्नो उजुरीमाथि कार्वाही अघि नबढेको उनको दाबी छ । यद्यपी चौधरी आफै भने पढलेख गर्न नसक्ने ब्यक्ति रहेको बुझिएकाले उनको यस्तो कामलाई प्रसाईले नै सहयोग गर्दै आएको उनका निकटका साथिहरुको भनाई छ ।
चौधरीले शरिरको पछाडिको भागमा आगजनीको प्रयास गरेको पाइएको यद्धपि उनको चाडै उद्धार हुन नसकेको भए मृत्यु हुन सक्ने प्रहरीले बताएको छ । आत्मदहा गनुअघि चौधरीले मादक पदार्थ समेत सेवन गरेको पाइएको प्रहरीको भनाई छ । हाल चौधरीको उपचार भइरहेको छ चौधरीको यस कार्यलाई दुर्गा प्रसाईको अभियानमा जोडेर पनि अनुसन्धान थालिएको प्रहरीको भनाई छ । हाल चौधरीको उपचार भइरहेको छ उपचारपछि  सबै क्षेत्रबाट घटनाको सुक्ष्म छानविन हुन्छ । प्रहरी अधिकारीको भनाई छ ।  यद्यपी इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी कर्मचारीदेखी मुद्धाफाँट सम्म प्रसाईको प्रभावमा रहेको बिगतका केही घटनाक्रमले देखाएकाले अनुसन्धान निश्पक्ष हुनेमा शंका गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९