युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

झापा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले झापामा निर्माणाधीन होल्डिङ सेन्टरको स्थलगत निरीक्षण गरेका छन्। कोरोना महामारी लक्षित गरी सरकारले मेचीनगर नगरपालिका–१४ ढुवागढीस्थित हँडिया खोलानजिकै खाली रहेको सरकारी जमिनमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण शुरु गरेको हो।

तीन महिनामा बनिसक्नुपर्ने सेन्टर माघ सकिन लाग्दासमेत नसकिएपछि अवस्था बुझ्न मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, प्रदेश १ का मुख्यसचिव रामप्रसाद घिमिरे, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायतले स्थलगत निरीक्षण तथा अवलोकन गरेका हुन्।

अवलोकनपश्चात् नयाँ श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले मुख्यमन्त्री राईलगायत सहभागीलाई होल्डिङ सेन्टरको अवस्था, देखिएका समस्या र गर्नुपर्ने मुख्य काम, समन्वय र सहकार्यबारे जानकारी गराएको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए।

मुख्यमन्त्री राईले चाँडै होल्डिङ सेन्टर सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्। ‘होल्डिङ सेन्टरको डिजाइनभन्दा बाहिर पनि थप निर्माण गर्नुपर्ने भएकाले केही समस्या देखिएको छ,’ उनले भने, ‘यसबारे सबैको ध्यान पुगेको छ, तैपनि प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मलाई कुरा राख्छु।’

सरकारले २८ करोड २६ लाख ८७ हजार ४ सय ६४ रूपैयाँको लागतमा बन्न लागेको होल्डिङ सेन्टर निर्माणको ठेक्का हनुमान कन्स्ट्रक्सन काठमाडौंलाई दिएको छ। होल्डिङ सेन्टर फेब्रिकेटेड प्रविधियुक्त भवन हो। नेपाली सेनाको रोहबरमा बन्दै गरेको सेन्टरमा १०/१२ वटा भवन बनेको छन्।

गत असार १७ गते निर्माण शुरु भएको सेन्टरको काम अन्तिम चरण पुगेको बताइएको छ। सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई सोझै होल्डिङ सेन्टरमा ल्याउने र त्यहाँ उनीहरूको स्वास्थ्य परीक्षण गरेर मात्र सम्बन्धित जिल्ला वा गन्तव्यतर्फ पठाउन सेन्टर स्थापना गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९