युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |
झापा ।  मालपोत कार्यालय दमकमा कार्यालय प्रमुखसहित पाँच जना अधिकृत नहुँदा दैनिक कार्यसम्पादन प्रभावित बनेको छ । कार्यालय प्रमुख तारानाथ दंगाल र अन्य चार जना अधिकृत एकैसाथ कार्यालयमा नहुँदा नायव सुब्बाको भरमा सञ्चालन गर्नुपरेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख दंगाल एक साता अघि काजमा मन्त्रालय तानिएका छन् भने अन्य चार अधिकृत यस अघि नै रिक्त रहेको बताइएको छ । चार अधिकृत मध्ये दुई जना मुद्दाका कारण निलम्बनमा र अन्य दुई अन्यत्र काजमा गएपछि समस्या हुँदै आएको बताइएको छ ।
कार्यालय प्रमुखसहित अधिकृत नहुँदा नियमित कामकाज गर्न मालपोत कार्यालय दमक नायव सुब्बाको भरमा सञ्चालन हुँदै आएको छ । अधिकृत नहुँदा जग्गाको जटिल प्रकृतिका कामका सेवाग्राहीहरू भने मर्कामा परेका छन् । मालपोत कार्यालय दमकले जिल्लाको माई पश्चिम क्षेत्र बासीको जग्गासम्बन्धी सरकारी सेवा उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९