युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं । बलेको आगो ताप्छन् भन्ने उखान यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहको जीवनमा चरितार्थ भएको छ । पूर्वपञ्चको एउटा झुन्ड र समर्थकले भन्यो त्यही पत्याइदिएर हिँड्ने स्वभावकै कारण अहिले राजसंस्थाप्रति नेपाली जनतामा चासो देखिन छाडेको छ ।

सोमबार सुनसरीको इनर्वामा पूर्वराजा शाहको नागरिक अभिनन्दन कार्यक्रम राखिएको थियो । देशभक्त नागरिक समाजको तर्फबाट भन्दै पूर्वराजा शाहको बेमौसी नागरिक अभिनन्दन गरिएको थियो । जसको हर्ताकर्ता केशरबहादुर विष्ट थिए ।

राप्रपा औपचारिक रूपमा सहभागी नभए पनि व्यक्तिगत रूपमा धेरै राप्रपाका नेता कार्यकर्ता कार्यक्रममा देखिएका थिए । तर पूर्वराजा शाहको अभिनन्दन मिडिया र सामाजिक सञ्जालबाटै गायब भयो । अर्थात् कसैले पनि पूर्वराजा शाहको कार्यक्रमलाई महत्व नै दिएनन् ।

अभिनन्दन कार्यक्रममा पूर्वराजा शाहले लिखित सम्बोधन पनि गरेका थिए । तर पूर्वराजाले सम्बोधन गरेको विषयले समेत मिडियामा स्पेस नपाउनुले अब राजसंस्थाको उपादेयता सकिँदै गएको विश्लेषण हुन थालेको छ । बरु चैत २० गते तीनवटा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ताको विषयले मिडियाका पाना रंगिए ।

ठूला ब्रोडसिट अखबारले उपनिर्वाचनको विषयलाई ब्यानर समाचार बनाए । तर पूर्वराजाको कार्यक्रमले एक कोलमको ठाउँ पनि नपाउनुले अब राजा आऊ देश बचाऊ भनेर हिँड्नेको अभियानमै ठूलो धक्का लागेको छ ।

अहिले प्रधानमन्त्री माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् । प्रचण्डकै सरकार भएका बेला पूर्वराजाको नागरिक अभिनन्दन भनेर देखाउन कार्यक्रम राखिएको सबैले बुझेकै हो । त्यसकारण पनि मिडियाले स्पेस नदिएको बुझिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९