युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको आर्थिक संकटको समाधान गर्न प्रमुख प्रतिपक्षी दलसँग पनि संवाद गर्नुपर्ने बताएका छन् ।

बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा उनले उनले देशको आर्थिक संकट समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दल एमालेसँग पनि सम्वाद गर्नुपर्ने बताए।

स्थानीय सरकारमा एमाले पनि रहेको उल्लेख गर्दै महामन्त्री थापाले एमालेसँगको संवाद र सहकार्य आवश्यक रहेको बताए। उनले अनावश्यक खर्च कटौती गर्न राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डलाई सचिवालय सदस्यको संख्या खटाउन आग्रह गरेका छन्। देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउन उनले आग्रह गरेका हुन्।

थापाले राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारीहरू सबैले अत्यावश्यकबाहेक खर्च कटौती गर्नुपर्ने बताए। सरकार खर्चमा मितव्ययी हुनुपर्ने उनको भनाइ थियो। ‘राष्ट्रपतिले भन्न सक्नुपर्छ, मलाई अहिले १२ जना, १५ जना सल्लाहकार राख्ने कानूनले सुविधा दिएको छ । तर म पाँचजना मात्रै राख्छु । म तीनजना मात्र राख्छु ।

हेर्दा सामान्य कुरा देखिन्छ । अहिले हामी अफ्ठ्यारो अवस्थामा छौँ । जब राष्ट्रपति, प्रधानमन्त्रीदेखि तलसम्म सबैले भन्न थाल्छ कि हामी अफ्ठ्यारो बेलामा भएको हुनाले गर्दा हामी अत्यावश्यकबाहेक खर्चलाई कटौती गर्दैछौँ । मितव्ययी हुँदैछौँ ।’
प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयमा दुई दर्जन बढीले नियुक्ति पाइसकेका छन् ।

यस्तै, राष्ट्रपतिको सचिवालयमा पनि धमाधम सल्लाहकार नियुक्त हुन थालेपछि कांग्रेस महामन्त्री थापाले मितव्ययी बन्न सुझाव दिएका हुन् । उनले तीन महिनासम्म प्रधानमन्त्री र मन्त्रीहरूलाई सार्वजनिक कार्यक्रममा उपस्थित नभई काम गर्न पनि सल्लाह दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९