युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

झापा, बाहुण्डाँगी जेसिजले रोङ गाँउपालिका ५ देवानछापमा शनिबार भाषा शास्त्री माहानन्द सापकोटाको महत्व उजागर गर्नेगरी एकदिने कार्यक्रम सम्पन्न गरेको छ । सोही अवसरमा बाहुण्डाँगी जेसिजले युवा र समाज विषयक अन्तरक्रिया कार्यक्रम समेत गरेको हो ।


नेपाली भाषाको क्षेत्रमा महत्वपूर्ण योगदान र झर्रो शब्दको प्रयोगलाई प्राथमिकता दिने भाषा शास्त्री महानन्द सापकोटाको वाल्यकाल बितेको र उनको जीवनको उत्तरार्धमा समेत तत्कालिन इरौटार ८ देवानछापमा आएर वसेको भुमी भएको कारण उक्त स्थान र भाषा शास्त्रीको महत्वको विषयमा धेरैलाई थाहा नभएको कारण सो स्थानमा जेसिजले कार्यक्रम आयोजना गरेको बाहुण्डाँगी जेसिजका वर्ष २०२३ का अध्यक्ष केवल निरौलाले बताए । शास्त्रीले भाषाको क्षेत्रमा पुर्‍याएको योगदान र झापाको शान्तिनगर तथा इलामको देवानछापको विभिन्न महत्वको विषयमा कार्यक्रमका प्रमुख अतिथि चन्द्र भण्डारीले चर्चा गरे । उनले यि र यस्ता विषयको संरक्षण, प्रवर्धन तथा विकासको लागि गरिनुपर्ने कार्यहरुको विषयमा समेत खुलेर कुरा गरे । भण्डारीले जेसिजले गर्ने विभिन्न शहर केन्द्रित कार्यक्रम भन्दा ग्रामिण क्षेत्रमा गरिने यस्ता कार्यक्रमले गुणात्मक महत्व राख्ने कुरामा जोड दिए ।

समाजमा युवाको भुमिका तथा युवालाई समाजले हेर्ने दृष्टीकोणको विषय पेचिलो बन्दै गइरहेको अवस्थामा जेसिजको कार्यक्रमको दोस्रो सत्रमा ‘‘युवा र समाज” विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन भयो । अन्तरक्रियामा अध्येता शागर शिवाकोटीले सोही विषयमा आफ्नो वक्तव्य राखे । पछि सहभागी सबैले आ–आफ्नो तर्क, समस्या र समाधानको विषयमा छलफल गरे । खासगरी समाजमा भएको विकृतीको कारण खोज्न चुकिरहेको अवस्थामा युवाले विभिन्न पाटाहरुबाट ति नै समस्याको खोजि तथा समाधानको आयामहरुलाई ल्याउन भुमिका खेल्नसक्ने सम्भावनाहरुको विषयमा केन्द्रित रहेर वक्त शागर शिवाकोटीले आफ्नो विचार व्यक्त गरे ।

मेचीनगर ४ का वडा अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि अर्जुन कुमार कार्कीले ग्रामिण क्षेत्रका सम्भावनाहरुलाई बाहिर ल्याउन जेसिज लागयतको संस्थाको भुमिकाको विषयमा तर्कहरु राखे । उनले रैथाने ज्ञान तथा मैलिक संस्कृतिको विषयमा धेरै कार्यहरु गर्नुपर्ने आजको आवश्यकता भएको कुरालाई जोड दिदैँ अब युवा सहभागिता तथा सहकार्यमा स्थानिय सरकार रहेको कुरा स्पस्ट पारे । कार्कीले सोही कार्यक्रममा कविता वाचन तथा बासुरीबाट सांगितिक मानोरञ्जनात्मक प्रस्तुति समेत राखे । कार्यक्रमका अर्का वक्त मेचीनगर २ का वडाध्यक्ष दिपक बरालले जेसिज नेतृत्व उत्पादन गर्ने संस्था मात्र नभएर समाज सरोकारका विषयको संरक्षक समेत भएको बताए । उनले युवाहरुलाई अध्ययन गर्न तथा अध्ययन गरेको विषयलाई प्रयोगमा ल्याउन आह्वान समेत गरे ।

जेसिजको कार्यक्रममा महानन्द सापकोटाको शालिक परिसर सरसफाइ, विभिन्न फुल्ने प्रजातिका विरुवाको रोपण तथा स्थानिय समुदायका मानिसहरुसँग साक्षात्कार कार्यक्रम समेत गर्‍यो । उक्त कार्यक्रमको सञ्चालन महासचिव नित्यनन्द चम्लागाँईले गरेको थिए, जेसिज आस्था वाचन किरण गौतमले गरेका थिए । त्यस्तै सामुएल राय कार्यक्रम संयोजक रहेको कार्यक्रमको सभापति वर्ष २०२३का अध्यक्ष केवल निरौला रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९