युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कोलम्बियालाई १-० ले पराजित गरेको छ । लिओनल मेस्सीविना नै छनोट खेलिरहेको अर्जेन्टिनाले पछिल्लो दुई खेलमा लगातार जित हात पारेको हो । यस जितपछि अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलमा लगातार २९ खेलमा अपराजित छ । सन् २०१९ को कोपा अमेरिकामा ब्राजिलसँग पराजित भएपछि अर्जेन्टिना कुनै खेलमा हारेको छैन ।

यसअघि नै कतारमा हुने विश्वकपको टिकट काटिसकेको अर्जेन्टिनाको जितमा खेलको २९औं मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गरे ।

छनोटमा पनि अर्जेन्टिना लगातार १५ खेलमा अपराजित छ । अर्जनेटिना १५ खेलबाट ३५ अंक जोडेर दोस्रो स्थानमा छ । कोलम्बियाले भने पछिल्लो ७ खेलमा कुनै गोल गर्न सकेको छैन । कोलम्बिया १६ खेलबाट १७ अंक जोडेर सातौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९