
काठमाडौं । नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारी डा प्रकाशशरण महतले पाउनुभएको छ । कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार डा महतलाई प्रवक्ताको जिम्मेवारी तोक्नुभएको हो ।
यसअघि सहमहामन्त्री रहनुभएका महतले देउवा टिमबाट १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिनुभएको थियो । तर पराजित भएपछि महतलाई देउवाले केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको थियो । यसअघि पार्टी प्रवक्ता रहेका विश्वप्रकाश शर्मा भने १४औं महाधिवेशनबाट महामन्त्री बन्नुभएको छ ।