युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
रेमिटेन्सले सुस्त बनाएको अर्थतन्त्र, विकृत बनाएको राजनीति | आगलागीबाट लाखौंको क्षति | टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प | छाला जुत्ता व्यवसाय संकटमा : श्रीमतीलाई सिप सिकाएर श्रीमान् विदेश जाने तयारीमा | राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची | प्रधानमन्त्रीले बोलाए प्रमुख सचेतकहरूको बैठक | पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैलीसहित नेकपा रूपान्तरणको बाटोमा अग्रसर छ : रणवीर | नेपाल टेलिकम १९औँ वर्षमाः २ करोड १३ लाख २५ हजार बढी ग्राहक | पार्टीले आज ठोस निर्णय लिन्छ : सभापति लामिछाने | चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग |

काठमाडौं । इन्जिनमा समस्या आएपछि कतारको दोहामा थन्किएको ए–३२० जहाजलाई इन्जिन भाडामा लिएर उडाइने भएको छ । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार यो जहाज २८ डिसेम्बर २०२१ देखि कतारमा ग्राउण्डेड छ । काठमाडौंबाट दोहा पुगेको जहाज सुरक्षित अवतरण भएपछि पार्किङ गर्ने क्रममा एउटा इन्जिनमा समस्या देखिएको थियो ।

कतारस्थित कतार एयरवेजका इन्जिनियरले जहाजको निरीक्षण गरेको र सो क्रममा जहाजको बाँया इन्जिनमा आन्तरिक खराबी पहिचान भएको पाइएको छ । सो टीमले इन्जिन फेर्न समेत राय दिएको उनले बताएकी छिन् ।

नेपाल एयरलाइन्सले त्यसपछि इन्जिन उत्पादनकर्ता पीडब्लू/आईएईसँग परामर्श लिएको र सो क्रममा इन्जिन फेरेर मर्मत गर्न सुझाव आएको समेत खड्काले बताएकी छन् । यस अवस्थामा निगमले जहाजलाई उडाइराख्न भने इन्जिन भाडामा लिने भएको छ । त्यसका लागि ९ जनवरी २०२२ मा बोलपत्र आह्वान गरिएको थियो ।

बोलपत्रबाट एमटीयू मेन्टिनेन्स लेन्स सर्भिसबाट इन्जिन भाडामा लिइने भएको छ । यसका लागि प्रक्रिया अगाडि बढेको खड्काले जानकारी गराएकी छन् । बिग्रिएको इन्जिनको मर्मतका लागि भने नेवानिले २४ जनवरी २०२२ मा बोलपत्र आह्वान गरेको छ । सो प्रस्तावबाट छनोट हुने कम्पनीले इन्जिन मर्मत गर्ने भएको समेत नेपाल एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९