युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरका कारण चलचित्र प्रदर्शनका लागि असहज अवस्था सिर्जना भएपछि तयार भएका दर्जनौं चलचित्र थन्किएका छन् ।

पहिलो चरणको कोरोना त्रास सकिएर हल खुलेपछि थोरै मात्र चलचित्र रिलिज भए । तर, त्यसबेला चलचित्र निर्माणको संख्या भने रोकिएको थिएन । यही क्रम तेस्रो चरणको निषेधाज्ञासम्म पनि जारी रहेकाले चलचित्र रिलिजका लागि लामो लाइन लागेको छ । अब यी चलचित्र कसरी र कहिले रिलिज हुन्छन् भन्ने टुंगो छैन ।

उसो त, कोरोना महामारी आउनुअघि नै निर्माण भएर रिलिजका लागि तयार भएका दर्जन बढी चलचित्र अझै रिलिज हुन पाएका छैनन् । त्यसमाथि कोरोना महामारीको बीचमा निर्माण भएका चलचित्र समेत थपिंदा आगामी वर्ष रिलिजको चाप बक्स अफिसमा देखिने निश्चित छ । आगामी वर्ष ‘कबड्डी ४’ देखि ‘चिसो मान्छे’ हुँदै ‘लक्का जवानी’, ‘प्रकाश’, ‘चिसो एस्ट्रे’ लगायतका दर्जनौं चलचित्र रिलिज हुने पक्का छ ।

एकातिर बलिउड र हलिउड चलचित्रको दबाब अर्कोतिर नेपाली चलचित्रकै रिलिजको लामो लाइन हुँदा निर्माताको लगानी जोखिममा देखिएको छ । फागुन र चैतमा निक्कै थोरै मात्र नेपाली चलचित्र हलमा लाग्ने देखिएको छ । बाँकी चलचित्रका लागि आउँदो वर्ष नै रिलिज मिति तोक्नुपर्ने हुन्छ ।

रिलिजका लागि पाँच दर्जनभन्दा बढी चलचित्र पालो पर्खेर बसेका छन् । जसमा ‘कबड्डी ४, कृष्णलीला, दोख, प्रेमगीत ३, आईएम २१, बोक्सीको घर, लक्का जवान, प्रकाश, मन्त्र, लप्पनछप्पन २, म यस्तो गीत गाउँछु २, ए मेरो हजुर ४, हिंड्दा हिंड्दै, डिसेम्बर फल्स’ छन् ।

यस्तै रिलिजका लागि नै तयार भएका अन्य चलचित्रमा ‘उफ् यो मन, आकाशे खेती, सम्हालिन्छ कहिले मन, नालापानी, तीन जन्तु, हिजोआजका कुरा, हेलो जिन्दगी, गुञ्जन, विच्छेद, घनचक्कर, सम्झना बिर्सना, माइकल अधिकारी, पानी फोटो, जारी, ऐना झ्यालको पुतली, निरफूल, तिम्रो मेरो साथ’ छन् ।

यो सूची अझै लामो छ । जसमा ‘ठूलो माछा, आधा सुर, मन्द मन्द, यो माया कस्तो माया, गीत गजल, इन्काउन्टर, हल्कारा, प्रेमगञ्ज, म राजेश हमाल, बीए पास, हली, गोर्खा वारियर २, पोखराकी काली, काँडेतार, उल्झन, झिंगे दाउ, माया बस्छ कि के हो, मेरो आफ्नो, बाबरी’ पनि छन् ।

यस्तै अब फेरि नयाँ चलचित्रको छायांकन पनि धमाधम हुने भएकाले आगामी वर्ष नेपाली चलचित्र एकअर्कासँग जुध्नुपर्ने बाध्यता देखिएको छ ।विगतका इतिहास हेर्ने हो भने, वर्षमा रिलिज भएका सय बढी चलचित्रमा आधा दर्जनले मात्र लगानी उठाएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९