युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
भाषाशास्त्री सापकोटाको शालिक परिसरमा जेसिज कार्यक्रम | पोखरामा नववर्ष महोत्सव हुने | नेपाल वायुसेवा निगमका विमानमा जगेडामा पाइलट भएनन् | राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छः ओली | देशको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीले एमालेसँग पनि संवाद गर्नुपर्छः गगन थापा | पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनको चर्चा गायब | अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ | जी–२० सम्मेलनः संयुक्त अरब इमिरेट्स दोस्रो पूर्वाधार समूहको बैठकमा सहभागी | पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या | पाकिस्तानमा पीठो लिन लाइन लागेका ११ व्यक्तिको मृत्यु |

काठमाण्डौ। निर्वाचन आयोग स्थानीय तहको चुनावका लागि कार्यतालिका बनाउन जुटेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अहिले कार्यतालिकाको मस्यौदामा काम भैरहेको छ ।

एक/दुई दिनमा मस्यौदा अन्तिम टुङगो लागेपछि कार्यतालिका सार्वजनिक गर्ने आयोगको तयारी छ । कार्यतालिकामा निर्वाचन कार्यालय स्थापना, निर्वाचन अधिकृत नियुक्तिदेखि निर्वाचनसम्मका कार्यक्रम समेटिनेछन् । साथै कार्यतालिकामा उम्मेदवारी दर्ता, दाबी विरोध, चुनाव चिह्न प्रदान, चुनाव र मतगणनासम्मको कार्यक्रम समावेश हुनेछ ।

कार्यतालिका सार्वजनिक भएपछि त्यसैअनुसार चुनावका काम र गतिविधि अगाडि बढ्नेछन् । मतदाता नामावलीलाई अन्तिम रूप दिने, निर्वाचन कार्यतालिका बनाउने तथा निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्री खरिदको प्रक्रियासमेत अगाडि बढेको छ ।

चुनावका लागि आवश्यक पर्ने भवन, गाडी, फर्निचर वा अन्य भौतिक साधनको अवस्था र व्यवस्थापनको प्रक्रिया समेत सुरु भैसकेको प्रवक्ता पौडेलले बताउनुभयो ।

सरकारले आउँदो बैशाख ३० गते एकै चरणमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेपछि आयोगले काम तीव्र पारेको हो । २०७७ पुस ५ गतेसम्म एक करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेकोमा २०७७ पुस ६ देखि २०७८ माघ २४ गतेसम्म १६ लाखभन्दा धेरै नयाँ मतदाता थपिएको आयोगको अनुमान छ । निर्वाचन मिति घोषणा भएपछि आयोगले हिजोदेखि नै मतदाता नामावली सङ्कलनको काम भने स्थगित गरेको छ ।

प्राप्त संकलित नामावली अद्यावधिकको काम समेत छिट्टै सुरु हुनेछ । संकलन भएको मतदाताको नाममा देखिएका त्रुटी सच्याउने, उजुरीमाथि छानबिन गर्ने, दोहोरिएको नाम हटाउनेलगायतका काम गर्ने प्रवक्ता पौडेलले जानकारी दिनुभयो । आयोगले अबको तीन महिना अवधीलाई सकेसम्म सदुपयोग गरी आवश्यक व्यवस्थापन गर्ने प्रवक्ता शर्माको भनाइ छ ।

निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले उपलब्ध गराउने व्यवस्था छ । त्यसैअनुसार आयोगले संघीय मामिला मन्त्रालयमार्फत पत्राचार समेत गरिसकेको छ । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आउँदो जेठ ५ गते सकिँदैछ ।-उज्यालो अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९