युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
स्वास्थ्यमा समस्या आएपछि भुसाल अस्पताल भर्ना | सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वाेच्चको आदेश | गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा | किन चर्चामा आयाे अनुराधा कोइरालाको नागरिकता ? | गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल | शिक्षा विधेयक थन्क्याएर किन ल्याइयाे विश्वविद्यालय विधेयक ? | बालबालिका आत्महत्याको कहालीलाग्दो आँकडा, पारिवारिक तनाव मुख्य कारण | रविको चेतावनीबारे पेरिसडाँडामा छलफल | सुन तस्करीको हिसाब मिलाउन मान्छे अपहरण, २ महिनामा बिर्तामोडबाट मात्रै दुई जनाको अपहरण |

काठमाडौँ – क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिर्ने दरबारमार्गस्थित होटल याक एण्ड यती बन्द गराएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अर्को निर्णय पनि गरेका छन् । उनले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल पनि बन्द गराएका हुन् ।

२० भदौ ०६७ मा मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल) को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो ।

तर, आर्थिक वर्ष २०७६-७७ सम्मको बक्यौता, आव २०७७-७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आवको रोयल्टी गरी ३८ करोड १० लाख ४५ हजार ६६४ रुपैयाँ नबुझाएपछि होटल बन्द हुनुका साथै मिनी क्यासिनोको लाइसेन्स रद्द भएको हो ।

ड्रिमल्याण्ड होटलले पर्यटन विभागको वर्गीकरणमै परेको छैन । ड्रिमल्याण्ड होटल र आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको छ । लुम्बिनी सरकार प्रदेशलाई पत्र लेख्दै उक्त होटल मन्त्रालय वा निकाय अन्तर्गत दर्ता भएको भए दर्ता खारेज गर्न भनिएको छ । ह्याप्पी आवरले महेन्द्रनगर, भैरहवा र काकडभिट्टामा पनि क्यासिनो सञ्चालन गर्दै आएको छ ।याक एण्ड यतीको होटल वर्गीकरणस्तर र क्यासिनोको लाइसेन्स रद्द भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

संचालक : सुबास कुमार ढकाल
सम्पादक : सुलोचना कार्की
दर्ता प्रमाणपत्र नं ३०७७-२०७८/७९