
काठमाडौं। आर्सनलले क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटमा ८–७ ले पराजित गर्दै इङ्लिस लिग कपको सेमिफाइनलमा चेल्सीसँगको भेट पक्का गरेको छ।
मंगलबार इमिरेट्स स्टेडियममा निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो।
गोलकिपर केपा एरिजाबालागाले म्याक्सेन्स लाक्रोइक्सको पेनाल्टी बचाउँदै आर्सनललाई जित दिलाए। लाक्रोइक्सले खेलको ८०औं मिनेटमा आत्मघाती गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। तर, स्टपेज समयको अन्त्यतिर मार्क गुएहीले गोल गर्दै क्रिस्टल प्यालेसलाई बराबरीमा फर्काए।






































