भेनेजुएलाकी विपक्षी नेतृ मारिआ कोरिना मचाडोले बिहीवार ह्वाइटहाउसमा भएको एक बैठकमा राष्ट्रपति डोनल्ड ट्रम्पलाई आफ्नो नोबेल शान्ति पुरस्कार प्रदान गरेको बताएकी छन् ।
‘मलाई लाग्छ आज हामी भेनेजुएलालीका लागि ऐतिहासिक दिन हो,’ ट्रम्पलाई भेटेर फर्केपछि उनले भनिन्। उनीहरूबीच पहिलो पटक प्रत्यक्ष भेट भएको हो ।
अमेरिकी सेनाले कराकसमा भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई पक्राउ गरेको र लागुपदार्थ तस्करीबारे मुद्दा चलाएको केही सातापछि भेट भएको हो ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल पोस्टमा उनीप्रति कृतज्ञता व्यक्त गर्दै सो पुरस्कार प्राप्त गर्नु ‘आपसी सम्मानको अद्भुत सङ्केत’ भएको बताए।
सन् २०२४ को व्यापक रूपमा प्रतिस्पर्धात्मक भएको चुनावमा विजयी भएको दाबी गर्ने मचाडोलाई अमेरिकी राष्ट्रपतिले भेनेजुएलाको नयाँ नेताको रूपमा समर्थन गर्न अस्वीकार गरेका छन्।
ट्रम्पले भेनेजुएलाकी कार्यवाहक राष्ट्रप्रमुख मदुरोकी पूर्वउपराष्ट्रपति डेल्सी रोड्रिगेससँग काम गरिरहेका छन्।
तर उनले मचाडोलाई भेट्नु ‘ठूलो सम्मान’ भएको बताउँदै उनलाई ‘निकै कुरा झेलेकी अद्भुत महिला’ भनेर सम्बोधन गरे।
ह्वाइटहाउसबाट निस्केपछि मचाडोले बाहिरपट्टि गेटमा भेला भएका समर्थकहरूलाई स्पेनिस भाषामा “हामी राष्ट्रपति ट्रम्पमा भर पर्न सक्छौँ’ भनेको एसोसिएटेड प्रेसले जनाएको छ।
‘मैले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कारको पदक प्रस्तुत गरेँ,’ मचाडोले पत्रकारहरूलाई भनिन्।
उनले त्यसलाई ‘हाम्रो स्वतन्त्रताप्रतिको उनको अद्वितीय प्रतिबद्धताको मान्यता’ भनेर उल्लेख गरिन्।
नोबेल शान्ति पुरस्कार पाउने आफ्नो चाहनाका बारेमा बारम्बार बोल्ने ट्रम्पले मचाडोलाई उक्त पुरस्कार दिइँदा असन्तुष्टि व्यक्त गरेका थिए। ती विपक्षी नेत्रीले भने गत वर्षको त्यस सम्मान स्वीकार गर्ने निर्णय गरेकी थिइन्।
बीबीसी । भेनेजुएलाकी विपक्षी नेतृ मारिआ कोरिना मचाडोले बिहीवार ह्वाइटहाउसमा भएको एक बैठकमा राष्ट्रपति डोनल्ड ट्रम्पलाई आफ्नो नोबेल शान्ति पुरस्कार प्रदान गरेको बताएकी छन् ।
‘मलाई लाग्छ आज हामी भेनेजुएलालीका लागि ऐतिहासिक दिन हो,’ ट्रम्पलाई भेटेर फर्केपछि उनले भनिन्। उनीहरूबीच पहिलो पटक प्रत्यक्ष भेट भएको हो ।
अमेरिकी सेनाले कराकसमा भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई पक्राउ गरेको र लागुपदार्थ तस्करीबारे मुद्दा चलाएको केही सातापछि भेट भएको हो ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल पोस्टमा उनीप्रति कृतज्ञता व्यक्त गर्दै सो पुरस्कार प्राप्त गर्नु ‘आपसी सम्मानको अद्भुत सङ्केत’ भएको बताए।
सन् २०२४ को व्यापक रूपमा प्रतिस्पर्धात्मक भएको चुनावमा विजयी भएको दाबी गर्ने मचाडोलाई अमेरिकी राष्ट्रपतिले भेनेजुएलाको नयाँ नेताको रूपमा समर्थन गर्न अस्वीकार गरेका छन्।
ट्रम्पले भेनेजुएलाकी कार्यवाहक राष्ट्रप्रमुख मदुरोकी पूर्वउपराष्ट्रपति डेल्सी रोड्रिगेससँग काम गरिरहेका छन्।
तर उनले मचाडोलाई भेट्नु “ठूलो सम्मान“ भएको बताउँदै उनलाई “निकै कुरा झेलेकी अद्भुत महिला“ भनेर सम्बोधन गरे।
ह्वाइटहाउसबाट निस्केपछि मचाडोले बाहिरपट्टि गेटमा भेला भएका समर्थकहरूलाई स्पेनिस भाषामा “हामी राष्ट्रपति ट्रम्पमा भर पर्न सक्छौँ“ भनेको एसोसिएटेड प्रेसले जनाएको छ।